कैलाली-कञ्चनपुरमा साढे १० लाखको अवैध सामान फेला

अत्तरिया- कैलाली र कञ्चनपुरमा साढे १० लाख बढीको अवैध सामान फेला परेको छ । दुबे जिल्लाका विभिन्न स्थानमा १० लाख ५७ हजार ६२७ रुपैयाँ बराबरको अवैध सामान फेला परेको हो ।

maya metro hospital

बुधबार कैलालीको धनगढी-१ एलएन चोक, धनगढी-२ रामजानकी मन्दिर नजिक, धनगढी-३ चटकपुर, भजनी नगरपालिका-३ तिरनिमा, भजनी-७ कुटी र भजनी-८ कांडा ढिकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ६ लाख ४४ हजार २०० मूल्यको आलु, हरियो खुर्सानी, बदाम, कोट पाईन्ट कपडा, सुटपिस, माछा, कस्मेटिक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-५ सुकासाल, भीमदत्त-१० भन्सार कार्यालय नजिक र भीमदत्त-११ चौकीसत्तामा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४ लाख १३ हजार ४२७ मूल्यको प्याज, चिनी, मिश्री, खानेतेल, मिठाई, चना, धनिया, बेशन, सुटपिस, ब्लाङ्केट, पाईप, सकेट, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरु तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.