अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– २ मा जारी डाबर नेपाल अन्डर २३ बिवाईसि कप फुटबल प्रतियोगिताको उपाधी केएफसी दोधारा कञ्चनपुरले जितेको छ । बुधबार भएको फाईनल खेलमा अत्तरियाको सगरमाथा युवा क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै केएफसीले उपाधी चुमेको हो ।
केएफसीले खेलको सुरुवाती चरणदेखी नै सगरमाथामाथी दवाव बनाएको थियो । निकै रोमाञ्चक हुने आँकलन गरिएको फाईनल खेललाई केफसीले एकाहोरो रुपमा जितेको हो । सगरमाथालाई दवावमा राख्दै खेलको पहिलो हाफको ६ मिनेटमै केफसीका खेलाडी किसोर सुनारले टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपश्चात खेलको १८औ मिनेटमा बबुल क्षेत्रिको अर्काे गोलमा केफसीलाई २ गोलले अग्रता दिलायो । त्यसपश्चात पनि केफसीले दवाव जारी राख्दै पुनः पहिलो हाफको २७ औ मिनेटमा अर्काे गोल ग¥यो । उक्त गोल केफसीका धिरेन्द्र शाहले गरेका थिए । त्यसलगत्तै पुनः खेलको ३५औ मिनेटमा सुशिल बि.क को गोलका कारण पहिलो हाफमा केफसीले ४–० गोलअन्तरको अग्रता बनाएको थियो ।
केही समयको ब्रेक पछि पुनः सुरु भएको दोस्रो हाफमा पनि केफसीले सुरुवाती चरणदेखीको सगरमाथामाथीको दवावलाई कायम राख्यो । फलस्वरुप दोस्रो हाफ सुरु भए भएको ५ मिनेटमै किसोर सुनारले पुनः अर्काे गोल गरेर टिमलाई ५–० को स्थीतिमा पु-याए । सगरमाथाले उक्त अवधीमा गोल गर्नै धेरै अवसरहरु पाएपनि गोलमा भने परिणत गर्न सकेन । तर पेनाल्टी स्वरुप सगरमाथाले दोस्रो हाफमा एक गोल फर्काएपनि केफसीले उपाधी आफ्नो पोल्टामा पारिसकेको थियो ।
उपाधी जितेसँगै केफसी ले नगद रु. १ लाख १ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने सगरमाथाले उपविजेता बन्दै ५० हजार १ रुपैयाँ सहित ट्रफि मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ । यसैगरी प्लेयर अफ द टुर्नामेन्ट भएका सगरमाथाका ज्ञानु भण्डारीले नगद रु. ११००० प्राप्त गरेका छन । यस्तै बेस्ट किपरमा केफसीका कुम्बा देउवा, बेस्ट डिफेन्समा केफसीकै अमृत भण्डारी, राईजिङ प्लेयरमा आयोजक बिवाईसी का विनय भट्ट, उच्च स्कोरमा केफसीकै धिरेन्द्र शाह र बेस्ट कोचमा पनि केफसीकै बिनोद दर्लामी पुरस्कृत भएका छन । उनिहरुले समान ५/५ हजार प्राप्त गरेका छन ।
बुधबार एक औपचारीक कार्यक्रमका बिच विजेता टोली तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । आयोजक बनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश की सांसद खिमा देवी विष्ट रहेकी थिईन । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।