कैलाली–कञ्चनपुरका सिमसार क्षेत्रमा साइबेरियाका चरा

कञ्चनपुर- कैलाली–कञ्चनपुरका सिमसार क्षेत्रमा आगन्तुक चरा पुग्न थालेका छन् । कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा आगन्तुक चरा पुग्न थालेका हुन् ।

maya metro hospital

दुबै जिल्लाका सिमसार क्षेत्रमा आगन्तुक चराको संख्या बढेको पनि बताइएको छ । साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा कैलाली–कञ्चनपुरका सिमसार क्षेत्रमा आएका नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन)का सदस्य हिरुलाल डगौराले बताए ।

उनका अनुसार यसरी आएका चरामा मालक हाँस, हरियोटाउके, कालीजुरे, सुइरेपुच्छ्रे, खरखरे, कल र सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत छन् । डगौराले चिसो छल्नका लागि विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा आउने गरेका बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.