कञ्चनपुरमा अवैध सामान बरामद

अत्तरिया- कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ । मंगलबार बेलुका बेलौरी नगरपालिका-२ बैजिडाँडाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २८ हजार १०० मूल्यको सामान बरामद गरिएको हो ।

maya metro hospital

चिनी, मिठाई, सुर्ती, बदाम, प्लाष्टिक झिल्ली, चक्लेट, नमकिन, मेहन्दी, किराना लगायतका सामानहरु प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.