अत्तरिया- गोदावरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१ वसन्तपुरकी ३८ वर्षीया जगुदेवी बोहराको करेन्ट लागेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मोटर जडित धारामा हात धुने क्रममा करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल हुँदै धनगढी लगिएकी उनको सोमबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको मालाखेती प्रहरीका प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए ।