कैलालीका पत्रकार भुल हत्या प्रकरण : थप २ जना पक्राउ, कडा कारवाहीको माग

धनगढी – कैलालीको गौरीगंगा नगरपालिका – ११ का पत्रकार सुरेश भुलको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन । सोमबार बाख्रा चोरीको आरोप लगाउँदै गौरीगंगा नगरपालिका–११ को कान्तिपुरका ३० वर्षीय भुललाई कुटपिट गर्ने २ जना पक्राउ परेका हुन ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भुललाई कुटपिट गरेको आरोपमा बाख्रा धनी विस्ना भूल सहित नाम नखुलेका एक व्यक्ति रहेका छन । यसअघि प्रहरीले भुल हत्या प्रकरणमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरेको थियो ।

शनिबार बेलुकी भूलको मेडिकल रहेको स्थान गौरीगंगा ११ को कान्तिपुर टोलमै गएर ४०/५० जनाको समूहले उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाईते भएका सुरेशको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

attariya hospital

यसैबिच पत्रकार भूलको कुटपिट गरि हत्या गरिएको घटनाको विभिन्न पेशागत संघसंगठनहरुले विरोध गरेका छन । नेपाल पत्रकार महासंघ कैलाली, प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेश कमिटि, सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलाली सहितका संघसंगठनहरुले विज्ञप्ती जारि गर्दै कुटपिटमा संलग्नहरुलाई कारवाहीको माग गरेका हुन ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले विज्ञप्ती जारी गर्दै घटनाका दोशीहरुलाई कारवाहीको मागगरिएको छ । प्रेस चौतारीका प्रदेश अध्यक्ष शिवराज भट्टले विज्ञप्ती जारी गर्दै भूलको हत्यामा संलग्नहरुलाई कारवाही गर्नुपर्ने र उनको परिवार र ब्यवसाय सुरक्षाको माग गरिएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल कैलालीका अध्यक्ष दिपक उपाध्यायले पनि विज्ञप्ती प्रकाशीत गर्दै कुटपिटमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन प्रहरीप्रशासन सँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.