कालीकोट- पलाँता गाउँपालिका-३ मा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । जिप चालक सल्यानको सारदा नगरपालिका-१४ का ५१ वर्षीय धनीराम रावतको पनि उपचारको क्रममा मृत्यु भएको कालीकोटका डीएसपी टेकबहादुर रावतले बताए ।
यसअघि पलाँता–६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता–५ का छाँया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकायाको घटनास्थलमै मृत्यु भको थियो ।
दुर्घटनाका घाइतेहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको बताइएको छ । पलाँता–५ खिनबाट पलाँता९ थिर्पुतर्फ जाँदै गएको क१ज ५६ नम्बरको जीप पलाँता–३ को राडु भन्ने ठाउँमा हिजो दुर्घटना भएको थियो ।