धनगढी – कैलालीबाट लागू औषध सहित औषधी पसल सञ्चालक पक्राउ परेका छन । जोशीपुर गाउँपालिका–७ मा रहेको प्रतिभा हेल्थ क्लिनिकबाट लागू औषध सहित सञ्चालक जोशीपुर गाउँपालिका–५ का र ४० वर्षीय रामकृष्ण चौधरी पक्राउ परेका हुन ।
मेडिकलमा प्रतिबन्धित लागुऔषध बिक्री गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मेडिकलबाट लागुऔषधको रूपमा प्रयोग गरिने पाँच सय स्पास्म ट्याब्लेट र एक हजार ट्याबलेट त्रिगाभा म्यूरिन बरामद गरिएको छ । प्रहरीले चौधरीलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।