अत्तरिया- कैलालीको गोदावरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो गोदावरी नगरपालिका-२ वनखेत बस्ने ५५ वर्षीया धर्मादेवी मडैको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।
उनलाई आफ्नै घरमा धारामा नुहाउने क्रममा विद्युतीय मोटरबाट करेन्ट लागेकोमा पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।