धनगढी – कैलालीमा रड प्रहारबाट एक युवक घाइते भएका छन । गएराति रड प्रहारबाट लम्कीचुहा नगरपालिका–२ गणेशपुरका ३० वर्षीय योगेश ढकाल घाइते भएका हुन ।

सामान्य वादविवादमा ढकाललाई स्थानीय लालबहादुर रावतले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

रड प्रहारबाट घाइते भएका ढकालको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।