
अत्तरिया – कैलालीबाट अवैध सामान बरामद गरिएको छ । शुक्रबार धनगढी उपमहानगरपालिका – ९ बङग्राकाटन, धनगढी उपमहानगरपालिका – १२ कम्पनी टोल र बिर्याघाट, धनगढी उपमहानगरपालिका – १८ थापाघाट र टीकापुर नगरपालिका – ९ वालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको हो ।
जसअन्तरगत प्याज, चिनी, मिठाई, बिडी, सुर्ती, बिभिन्न किसिमका पटाका, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा, माछा लगायतका २ लाख ३३ हजार २५० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
