
अत्तरिया – कैलालीको धनगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ धनगढी उपमहानगरपालिका – ४ बसपार्कमा जानकी होटल सञ्चालन गरेका मोहन्याल गाउँपालिका – ५ का ३८ वर्षीय अरुण बुढामगरको करेन्ट लागेर मृत्यु भएको हो ।
होटलको कोठा भित्र बिद्युतको लाईन मर्मत गर्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाइते भएका बुढामगरको उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
