धनगढी – राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका ऐतिहासिक क्रान्तिकारी योद्धा,एवं समरुपतावादी नेता स्व. चन्द्र वहादुर रैका को १९ औँ स्मृति दिवस धनगढीमा बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ । चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट रहेका थिए ।
स्मृति दिवसको अवसरमा मानबसेवा आश्रममा रहेका असाहय बुवाआमा र बालबालिकालाई सामूहिक दिवा भोजन समेत गराईएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एंव सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट ले स्व. चन्द्र बहादुर रैका दलित समुदायको मात्रै नेता नभईकन सबैको साझा सशक्त क्रान्तिकारी नेता भएको बताए । पूर्ब मुख्यमन्त्री भट्टले स्व रैका को बारेमा थप खोज अनुसन्धान हुनुपर्ने र उनको सपना हामी सबैले मिलेर साकार पार्नुपर्ने बताउँदै भावपूर्ण श्रद्धाञ्जली गरे ।

कार्यक्रममा सुदूरपश्चिम सरकारका निवर्तमान राज्यमन्त्री टेक बहादुर रैका ले स्व चन्द्र वहादुर रैका शोषित पीडित जनताका लागि मरिमेट्ने एक सच्चा क्रान्तकारी योद्धा भएको बताए । उनले स्व, रैकाले अगालेको मरुपतावादी सिद्धान्त अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगकी सदस्य मिना सोबले चन्द्र बहादुर रैका दलित समुदायको ऐतिहासिक व्यक्तित्व भएकाले उनलाई राज्यले मरोपरणान्त भए पनि उचित सम्मान दिनुपर्ने बताइन ।

कार्यक्रममा नेकपा समाजबादीका नेता हर्क बहादुर पार्की,मानबअधिकार संरक्षण मंचका प्रदेश अध्यक्ष डिल्लीराज जोशी, मानवसेवा आश्रमका संयोजक आदर्श ढकाल, शिक्षक तेजसिह सोनी लगायतकाले स्व. रैका एक सच्चा देशभक्त ईमान्दार र दलित एवं सिमान्तकृत वर्ग समुदायका लागि सदा संघर्षशिल नेता भएको बताउदै राष्ट्रियता लोकतन्त्र मानवअधिकार समाजिक न्याय समानता र दलित मुक्ति आन्दोलनमा स्व।रैकाको अतुलनिय योगदान रहेको बताउदै श्रद्धान्जली अर्पण गरेका थिए ।
कार्यक्रममा नेकपा माओबादीका नेता तिलक बहादुर सिँह, क्रियाशिल दलित पत्रकार संघका केन्द्रीय सचिब धर्म बिक, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश उपाध्यक्ष मुकेश रैका, दलितका लागि दलित अभियानका प्रदेश अध्यक्ष सुरत भूल, राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष हिक्मत भूल, समाजसेवी लक्ष्मण बिक लगायतको सहभागीता रहेको थियोे । चन्द्र–पशुपति रैका स्मृति प्रतिष्ठानका अध्यक्ष प्रेम बिकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव राजेन्द्र रैकाले गरेका थिए ।
