धनगढी – कैलालीको धनगढीमा छुट्टाछुटै भएका २ सवारी दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१४ मा बसको ठक्करबाट घाइते भएकी एक वृद्धा र मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको हो ।

बुधवार साँझ धनगढी उपमहानगरपालिका–१४ फूलबारी स्थित साइनो चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६०८ नम्बरको बसले ठक्कर दिँदा घाइते भएकी ७५ वर्षीय मनबहादुर भण्डारीको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको हो । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१४ मा कात्तिक ८ गते मोटरसाइकलको ठक्करबाट घाइते भएकी ५० वर्षीय यशोदा रानाको पनि शुक्रवार बिहान मृत्यु भएको छ । लुम्बिनी प्रदेश ०१–००२ प २५६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी रानाको शुक्रवार बिहान निर्सग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।