कञ्चनपुर – कञ्चनपुरमा सामुदायिक वनबाट १३ जुवाडे पक्राउ परेका छन् । भीमदत्त नगरपालिका –१ स्थित बैजनाथ सामुदायिक वनको क्षेत्रमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका – ४ का राजेन्द्र बहादुर शाह, सोही ठाउँका शिवा बस्नेत, सन्जु राना मगर, वीरेन्द्र बहादुर सिंह, चेत बहादुर शाह, डम्बर कुँवर, चेत बहादुर शाह रहेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा भीमदत्त नगरपालिका – ३ का धिरेन्द्र चन्द, भीमदत्त नगरपालिका – ७ का दिनेश कुँवर, भीमदत्त नगरपालिका – १८ का धर्म राज भट्ट, बेल्डाडी गाउँपालिका – १ का तर्क राज भट्ट, कैलालीको गौरीगङ्गा नगरपालिका – १ का राम बहादुर नेपाली, मुकेश बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरूको साथबाट ४ लाख ७३ हजार नगद बरामद गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी उमेश राज जोशीले बताए । उनका अनुसार विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।