धनगढी – कैलालीको टीकापुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ एकतापुर शिविरस्थित पोखरीमा डुबेर ९ वर्षीय राजबिक्रम शाहीको बुधवार दिउँसो मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।