पिपिएलको उपाधि गुरुखोला लायन्सलाई

बैतडी – बैतडीको पाटनमा सम्पन्न चौथो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४) को उपाधि कोइनोडा टीम गुरुखोला लायन्सले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा पाटन भ्याली क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै गुरुखोला लायन्यले उपाधि हात पारेको हो ।

maya metro hospital

जितसंगै गुरुखोला लायन्सले १ लाख २३ हजार ४५६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो । उपविजेता बनेको पाटन भ्यालीले ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्रमा चित्त बुझायो ।
१९६ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पाटन भ्यालीले सबै विकेट गुमाउँदै १५० रन मात्रै जोड्न सक्यो । उसका लागि सन्दीप बिष्टले सर्वाधिक ४६ तथा दिपक टमटाले ३३ रन जोडे । गुरुखोला लायन्यसका विकास आग्रीले ४ ओभर बलिङ् गर्दै ८ रन खर्चिएर २ बिकेट हात पारे । यस्तै बसन्त कार्कीले पनि २ विकेट लिए ।

यस अघि श्रीकृष्ण माविको खेलमैदान पाटनमा टस जितेर पहिला ब्याटिङ् गरेको गुरुखोला लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १९५ रन बनायो । गुरुखोला लायन्सका निराजन गौतमले अविजित ९८ रनको सानदार इनिङ खेले । यस्तै अशोक बिष्टले २५ तथा कलपेश चन्दले १८ रन जोडे । पाटन भ्यालीका सन्दीप खत्रीले ३ विकेट तथा टेकराज जोशी २ विकेट लिए ।

attariya hospital

गुरुखोला लायन्यसका निराजन गौतम प्लेयर अफ दि म्याच चुनिएको स्कोरर तिलक बोहराले जानकारी दिए । असोज ३० गतेबाट सुरु भएको चौथो संस्करणको पाटन प्रिमियर लिगमा कुल १७ टिमको सहभागिता रहेको थियो । पाटन क्रिकेट क्लबले गएको चार बर्ष यता प्रतियोगिता गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.