खाेज्नुहाेस

गोदावरी प्रिमियर लिग सुरु, वडाध्यक्ष गुड्डुले गरे उद्घाटन

Image
अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा गोदावरी प्रिमियम लिग खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच गोदावरी नगरपालिका – १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्ड) ले उद्घाटन गरेका छन् ।
attariya hospital
प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष शाहीले स्थानीय स्तरमा यती ठुलो प्रतियोगिता आयोजना गर्न धेरै चुनौतीका बाबजुद क्लबले राम्रो काम गरेको बताए । उनले वडाको खाता सञ्चालन नभएकाले वडाबाट तत्काल आर्थिक सहयोग गर्न सक्ने अवस्था नभए पनि अन्य कुरामा सहयोग रहने बताए ।
उनले आयोजना सञ्चालनको लागि आफू नियमित रूपमा क्लब सँगको सहकार्यमा रहेको बताए ।
maya metro hospital
न्यु ग्वासी सहारा युवा क्लबका अध्यक्ष केशव खड्काले विभिन्न प्रायोजकहरूको सहयोगमा प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । उनले गाउँघरमा रहेका क्रिकेट खेलाडीलाई अवसर दिनको लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
Karma Consultancy
navjiwan hospital
वडा नम्बर – १० मा रहेको न्यु ग्वासी सहारा युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिता १२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद १ लाख १ हजार १११ रुपैयाँ तथा द्धितिय पुरस्कार राशि ५१ हजार १११ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिता कार्तिक २३ गते सम्पन्न हुने छ ।
प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद २ हजार १११ तथा वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई नगद  १ हजार ५११ रुपैयाँ राखिएको छ ।  प्रतियोगितामा अनुशासित भएर खेल खेल्ने टिमलाई फेयर प्ले पुरस्कार प्रदान गरिने छ । जसको पुरस्कार राशि नगद रु. ५ हजार १ सय रहेको छ ।
क्लबले यसअघि गोदावरी नगरपालिका स्तरिय मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ । यस पटक पनि सोही संस्करण आयोजना गर्ने भनिए पनि नगरपालिकाले सहयोग नगर्दा गोदावरी प्रिमियम लिगको पहिलो संस्करण आयोजना गरिएको हो ।