खाेज्नुहाेस

कैलालीबाट ११ जुवाडे पक्राउ

Image

धनगढी – कैलालीको धनगढीबाट ११ जना जुवाडे पक्राउ परेका छन्।

navjiwan hospital

आइतबार धनगढी उपमहानगरपालिका–५ हसनपुर स्थित प्रकाश भाटको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय रोहित सिजापती सहित ११ जना पक्राउ परेका हुन्।

attariya hospital

उनीहरुको साथबाट नगद १ लाख ५३ हजार ३५० र १० गड्डी तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।