काठमाडौँ- स्याङ्जाको आँधिखोला गाउँपालिका-२ स्थित भालेखर्कमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग१ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा आँधिखोला-५ घर भएका आत्मराम सिग्देल, कलावती घिमिरे, सिर्जना चापागाईँ, अमना नेपाली, शान्तिकुमार सापकोटा, शिव सिग्देल र ३ वर्षीया सोफिया नेपाली रहेका छन् । उनीहरुलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।
जिप चालक अर्जुनचौपारी गाउँपालिका-५ का २७ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।