मेयरले नटेरेको भन्दै सेहरीबासीद्धारा गोदावरी नगरपालिका घेराउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ९ सेहरी, मुरकट्टी, धन्चौरीका स्थानीयले नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका छन् । स्थानीयले सडक निर्माणको माग गर्दै विगत ४ दिन देखि वडा कार्यालयमा तालाबन्दी गरेर आन्दोलनका कार्यक्रम गर्दा पनि मेयर वीरेन्द्र भट्टले मागको बेवास्ता गरेको भन्दै आक्रोशित उनीहरूले नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका हुन ।

maya metro hospital

वडामा तालाबन्दी गरेपछि दोस्रो पटक नगरपालिकामा पुगेका उनीहरूले मेयर नभेटिएको भन्दै उनी विरुद्ध चर्को नाराबाजी गरेका थिए । स्थानीय हेम बहादुर चन्दले मेयरले माग पुरा गर्नुको साटो अरूका कुरा सुनेर उल्टै आन्दोलन दबाउने प्रयास गरिरहेको बताए । उनले जनतालाई झोक्याएर चुनाव जितेर अहिले जनताको बेवास्ता गरिएकाले जनता आक्रोशित भएको बताए ।

स्थानीयले धन्चौरी–देवरीय, मुरकट्टी – गेटा जोड्ने सडक कालोपत्रे गरिनुपर्ने, बाटो नबनुन्जेल खुटिया नदीबाट नदीजन्य पदार्थ उठाउन रोकिनुपर्ने, बाटो निर्माण गरिदा शून्य ठाउँ वडा नम्बर ९ कायम गरिनुपर्ने, गोदावरी नगरपालिका – ९ भित्र पर्ने खुटिया नदीको सिमाना प्रस्ट रेखाङ्कन गरिनुपर्ने लगायतका माग राखेका छन् ।

attariya hospital

उनीहरूले लामो समय देखि बाटोको माग राख्दा पनि सुनुवाइ नभएको भन्दै असोज ७ गते सङ्घर्ष समिति गठन गरेका विरोधका कार्यक्रम गर्दै आएका छन् । विरोधका कार्यक्रम अन्तरगत उनीहरूले आइतबार वडा कार्यालयमा ताला लगाएका थिए भने सोमबार गोदावरी नगरपालिकामा आएर ३ दिन भित्र माग पुर गर्न अल्टिमेटम दिएका थिए । बुधवार उनीहरूले नगरपालिकाको गेटमा करिब १ घण्टा नाराबाजी गर्दै कोणसभा गरेका थिए ।

स्थानीय दिलीप कठायतले मेयरलाई भेटेर आफ्ना कुरा राख्ने भनेर दुई दिन नगरपालिकामा आउँदा पनि छलेर भाग्ने गरेको बताए । नगरपालिका घेराउ गरेका उनीहरूले मागको सुनुवाइ गर्न बेवास्ता गरे नगरपालिकामा पनि तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.