‘सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान’ अन्तरगत काठमाण्डौं बसपार्कका शौचालयमा सरसफाइ

अत्तरिया – नेपाली कांग्रेसका युवा नेता लोक राज पाण्डे (आगो) ले सुरु गरेको ‘सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान’ अन्तरगत काठमाण्डौं स्थित नयाँ बसपार्कका शौचालयमा सरसफाइ गरिएको छ । असोज ९ गते जन्मदिनको अवसरमा प्रत्येक बुधवार ‘सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान’ सुरु गरेका पाण्डेले आज काठमाण्डौं बसपार्कका शौचालयमा सरसफाइ गरेका हुन ।

maya metro hospital

अभियान अन्तरगत उनले प्रत्येक बुधवार २ घण्टा सार्वजनिक शौचालयमा सरसफाइ गर्ने घोषणा गरेका थिए । सोही अनुसार नयाँ बसपार्कका सार्वजनिक शौचालय सरसफाइ गरिएको पाण्डेले बताए ।
उनले सरसफाइ अभियान अन्तरगत बसपार्कका सरसफाइ इन्चार्ज सुजन सिलवाल र सुदूरपश्चिम प्रालिका इन्चार्ज मीन पनेरुलाई बाल्टिन, ब्रस, जग, हार्पिक, सोडा, ओडोनिल लगायतका सामग्री समेत हस्तान्तरण गरेको बताए ।

उनले अभियान अन्तरगत बुधवारका दिन देशभरिका सहर बजार, गाउँ घर, विद्यालय, मन्दिर, बसपार्क लगायतका स्थानमा जनचेतना फैल्याउँदै सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने बताए ।
‘सरसफाइ नै जीवन हो’ भन्ने मूल नाराका साथ सुरु भएको उनको अभियान अन्तरगत पहिलो दिन उनले पशुपतिनाथ मन्दिरका शौचालयमा सरसफाइ गरेका थिए ।

attariya hospital

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.