बैतडीमा यात्रु सहायता कक्ष स्थापना गरिए

बैतडी- बैतडीमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् । चाडपर्वको समयमा यात्रुहरुलाई हुन सक्ने समस्यालाई मध्यनजर गरेर जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।

maya metro hospital

उनका अनुसार जिल्ला सदरमुकाम गोठलापानी, झुलाघाट सतबाँझ, पाटन, खोचलेक, गोकुलेश्वर, खोड्पे, पुर्चौंडी, मेलौली लगायतका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् । क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तोकिए भन्दा बढी भाडा लिन नदिन, यात्रुहरुलाई सहजताका साथ गन्तव्यमा पुर्याउन यात्रु सहायता कक्षमार्फत काम हुनेछ ।

यात्राका क्रममा कुनै समस्या भएका नजिकका यात्रु सहायता कक्षमा सम्पर्क राख्न समेत आग्रह गरिएको छ । छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.