बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका –१० को वडा खेलकुद समिति सर्वसम्मतले चयन गरिएको छ । मंगलबार वडाकार्यालयमा बसेको बैठकले तिर्थ राज उपाध्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।
वडा खेलकुद समितीको उपाध्यक्षमा मोहनी चौधरी, सचीवमा सन्त बहादुर शाही, सह– सचिवमा मिनराज उपाध्य र कोषाध्यक्षमा सुरेश चौधरी सर्वसम्मतले चयन भएका छ्न ।
समितीको सद्स्यमा नारायण जोशी, कालू चौधरी, यसोदा राना र वीर बहादुर चौधरी चयन भएका छ्न ।
नयाँ कार्यसमितीलाई बधाई तथा शुभकामना दिदै वडा अध्यक्ष सोमलाल चौधरीले वडा खेलकुद समितिले वडाभित्र खेलकुदलाई प्राथमिकतामा राखी खेलाडी उत्पादनमा वडा र अन्य क्षेत्रबाट सहयोग जुटाउने कार्यमा वडाकार्यालयबाट हुने सहयोग गर्ने बताए ।