चुरेमा बजार अनुगमन, ५० हजार बराबरका अखाद्य सामग्री नष्ट

अत्तरिया – कैलालीको चुरे गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ । पालिकाले आजदेखी बजार अनुगमन सुरु गरेको हो । पालिका भित्र रहेका विभिन्न बजारहरुमा अनुगमन गरिने गाउँपालिकाले जनाएको छ ।

maya metro hospital

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर बोगटीले दशैलाई मध्यनजर गरी खाद्यको टिम सहित बजार अनुगमन गरिएको बताए । उनले खानीडाँडा चुरे क्षेत्रको मुख्य बजार भएकाले र यहाँ यात्रुहरुको चहलपहल बढी हुने भएकाले सो क्षेत्रबाटै अनुगमन सुरु गरिएको बताए ।

बजार अनुगमनका क्रममा केही म्याद नाघेका सामग्रीहरु भेटिएको र ति सामग्रीहरु नष्ट गरिएको प्रमुख प्रशासकिय अधिकृत बोगटीको भनाई छ । उनले त्यसबाहेक पसल नविकरण, सरसफाई, दररेट र सडक क्षेत्रलाई जोड्ने गरी बनाईएका टहराहरुको विषयमा व्यवसायीहरुलाई निर्देशन दिईएको बताए । उनले त्यसपश्चात पनि व्यवसायीहरुले अटेरी गरेको खण्डमा कारबाही गरिने समेत बताए । उनका अनुसार पालिकाले दशैलाई मध्यनजर गरी वडा नं. ३ र ५ का बजार क्षेत्रहरुमा बुधबार सम्म अनुगमन गरिनेछ ।

attariya hospital

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका कर्मचारी मनोज कुमार यादवले अनुगमनका क्रममा विभिन्न म्याद नाघेका खाद्य पदार्थहरु भेटिएको बताए । उनले त्यसबाहेक उक्त बजार क्षेत्रमा सरसफाई र लेबलसम्बन्धी कुराहरुको जानकारी कम देखिएको पनि बताए । व्यवसायीहरुलाई सो विषयमा सुझाव सल्लाह र निर्देशन दिएको यादवको भनाई छ । उनका अनुसार अनुगमनका क्रममा पालिकाक्षेत्रमा रहेका केही अचार व्यवसायीहरुलाई अनुज्ञा पत्रमा आउनका लागि पनि निर्देशन दिईएको छ ।

८० पसलमा अनुगमन, ५० हजारका सामग्री नष्ट

पालिकाले मंगलबार खानीडाँडा बजारका ८० पसलहरुमा अनुगमन गरेको पालिकाका सूचना अधिकारी कालिप्रसाद भट्टले बताए । उनले ति पसलहरुमा अनुगमनका क्रममा चिसो पेय पदार्थ, मासु, भिक्स, मसला, अखाद्य रङ, नुन लगायतका वस्तुहरु अखाद्य अवस्थामा भेटिएको बताए ।

उनका अनुसार अनुगमनका क्रममा करिब ५० हजार बराबरका अखाद्य सामग्रीहरु बरामद गरि नष्ट गरिएको बताए । उनले बजारमा केही पसलहरु नविकरण नभएको, कसैले करचुक्ता नगरेको र बिलविजकहरु प्रयोगमा नल्याएको भेटिएको बताए । उनले त्यस्ता व्यवसायीहरुलाई पहिलो पटक लिखित प्रमाण दिएको र आगामी दिनमा पनि सोही दोहोरिएको खण्डमा कारबाही गरिने बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.