अत्तरियामा भूकम्प र सवारी दुर्घटनाको कृत्रिम अभ्यास

अत्तरिया – कैलालीको अत्तरियामा विपदजन्य घटना सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजनामा भूकम्प र सवारी दुर्घटना सम्बन्धीको कृतिम अभ्यास कार्यक्रमको आयोजना गरिएको हो ।

maya metro hospital

ह्याविट्याट फर ह्युमेनिटि नेपाल कैलालीको सहयोगमा आयोजना गरिएको कार्यक्रमा नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीले विपद्को नमूना प्रस्तुत गरेर उद्दार गरेका थिए ।

attariya hospital

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी धम्र्रेन्द्र कुमार मिश्रले कुनै पनि विपद आकस्मीक रुपमा आउने भएकाले त्यस्तो अवस्थामा सुरक्षा निकायका रहनुपर्ने बताए ।

‘आपतकालीन अवस्थामा आउने विपद्का लागि हामी सुरक्षा निकायहरु, जिल्ला सुरक्षा समिति सदैभ तैनाथ अवस्थामा रहनुपर्छ । सधै सतर्क अवस्थामा रहनुपर्छ’ उनले भने ‘यसको मुल उद्देश्य जनताको जिउधनको रक्षा गर्ने, आफ्नो कतव्य इमान्दारिताका साथ पालना गर्ने हो ।’

उनले वास्तविक रुपमा कुनै प्रकारको विपदको घटना घटिहाले कुनै पनि प्रकारको कमी कमजोरी नहोस, त्रुटी नहोस भनेर विपद अभ्यास कार्यक्रम गरेको बताए । विपद अभ्यास कार्यक्रम गोदावरी नगरपालिका – २ तेघरीमा रहेको सिद्धार्थ हार्डवेयरको प्राङ्गणमा गरिएको थियो ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.