बैतडीमा चितुवाको त्रास

बैतडी- बैतडीमा चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीयमा त्रास बढेको छ । पछिल्लो समय दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका विभिन्न स्थानमा चितुवा देखिन थालेपछि स्थानीयमा त्रास बढेको हो ।

maya metro hospital

दशरथचन्द-१ गुरुखोला खालमा पासोमा परेको चितुवा शनिबार दिउँसो पासो चुँडालेर भागेपछि साँझबिहान हिँडडुल गर्न निकै डर लाग्ने गरेको स्थानीय कृष्णदत्त भट्टले बताए । यस्तै पाटन-४ मा पनि दिउँसै चितुवा देखिएको स्थानीयहरुले बताएका छन् । सोमबार दिउँसो चितुवाले आक्रमण गरेर सो वडाको जेउडेमा एक गाई मारेको छ ।

डिभिजन वन कार्यालयका रेञ्जर दिनबन्धु रोकायाले पछिल्लो समय पहाडी क्षेत्रमा खेतीयोग्य जमीन बाँझो हुँदै जाँदा त्यहाँ भएको झाडीमा चितुवालाई लुक्न सजिलो हुने भएकाले मानवबस्तीतिर पस्ने गरेको बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.