कैलालीका उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान गरिँदै

धनगढी- कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुने भएका छन् । कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न खेलका खेलाडीहरुलाई नगदसहित सम्मान गर्न लागिएको हो ।

maya metro hospital

आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएर पदक जित्न सफल खेलाडीहरुलाई मंगलबार सम्मान कार्यक्रम आयोजना गरी सम्मानित गर्न लागेको कैलाली जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तथा कार्यक्रमका संयोजक आश्रम केसीले जानकारी दिए ।

उनका अनुसार वर्ष खेलाडी महिला र पुरुष तथा युवा खेलाडी महिला र पुरुष गरी ४ विधाका उत्कृष्ट खेलाडीहरुलाई नगदसहित सम्मान गरिन लागिएको हो । ‘कैलाली जिल्लामा क्रियाशील सम्पूर्ण खेल संघहरुलाई सकृय बनाउनका लागि कार्यक्रम गर्न लागेका हौँ’, उनले भने, ‘यो कार्यक्रमले खेलाडी, प्रशिक्षक र खेल संघलाई उत्प्रेरित गर्न र कैलाली जिल्लामा खेलकुदको विकासको गति बढ्ने अपेक्षा लिएका छौँ ।’

attariya hospital

उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह रहेका छन् । त्यस्तै प्रदेशका उद्योग पर्यटन वन तथा वातारण मन्त्री लक्ष्मणकिशोर चौधरी र नेपाल कराँते महासंघका महसचिव तथा नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ विशिष्ठ अतिथि रहनेछन् ।

कार्यक्रमभन्दा अगाडि धनगढीको चौराहदेखि कभर्डहलसम्म प्रभातफेरीको आयोजना गरिएको छ । कैलालीमा पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको आयोजना गरेको कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललीत खत्रीले बताए । उनका अनुसार उत्कृष्ट चार विधाका खेलाडीसँगै जिल्लाको एउटा उत्कृष्ट पालिकालाई पनि सम्मान गरिनेछ । ‘यो पहिलो प्रयास हो, आगामी वर्षहरुमा यसलाई परिस्कृत गर्दै लैजानेछौँ,’ उनले भने ।

कराँते खेलाडी एरिका गुरुङलाई नगद दुई लाख सहित सम्मान गरिने
सुदूरपश्चिम प्रदेश कराँते महासंघले पनि उत्कृष्ट कराँते खेलाडीलाई कार्यक्रममा सम्मान गर्ने भएको छ । १९औं एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जिताउने कराँते खेलाडी एरिका गुरुङलाई नगद दुई लाखसहित सम्मान गरिने भएको हो ।

यसका लागि सुदूरपश्चिम प्रदेशका अन्तराँष्ट्रिय कराँते खेलाडी जनक खड्काले नगद दुई लाख दिएका छन् । उनले १९ औं एसियाली खेलकुद प्रतियोगिताअघि नै एसियाडमा कराँते खेलतर्फ स्वर्ण रजत र कास्य पदक जित्ने कराँते खेलाडीलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेकोमा सोही अनुसार रजत पदक विजेता एरिकालाई नगद दुई लाखसहित सम्मान गर्न लागिएको हो ।

८औं दक्षिण एसियाली कराँतेका खेलाडीलाई पनि नगद प्रदान गरिने
८औं दक्षिण एसियाली कराँते प्रतियोगिताका खेलाडीलाई पनि नगद प्रदान गरिने भएको छ । भुटानमा भएको प्रतियोगिताको सुदरपश्चिम छनोट प्रतियोगितामा मुख्यमन्त्री शाहले पूर्व घोषणा गरे अनुसार नगद एक लाखसहित सम्मान गरिने भएको हो ।

सो प्रतियोगितामा प्रदेशका ६ खेलाडी सहभागी भएकोमा एक स्वर्ण र चार कास्य पदक जितेका थिए । पदक विजेता र सहभागी खेलाडीहरुलाई पदक अनुसार नगद पुरस्कार प्रदान गरिने सुदूरपश्चिम प्रदेश कराँते महासंघका अध्यक्ष त्रिलोक पाण्डेयले जानकारी दिए । उनका अनुसार सोही कार्यक्रममा सुदूरपश्चिममा कराँते खेलको विकास र विस्तारमा योगदान दिएका व्यक्तित्वलाई पनि सम्मान गरिनेछ ।

प्रथम प्रदेश स्तरीय रेफ्री तथा कोच सेमिनार हुने
सुदूरपश्चिम प्रदेश कराँते महासंघको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय रेफ्री तथा कोच सेमिनार पनि आयोजना हुने भएको छ । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाहरुका २ सयभन्दा बढी प्रशिक्षक र रेफ्रीहरुको रहभागिता रहने भएको छ । प्रदेशमा कराँतेको स्तरलाई अझ माथि उठाउनका लागि कार्यक्रम गर्न लागेको सुदूरपश्चिम प्रदेश कराँते महासंघका सचिव वहादुर सिंह ओडले बताए ।

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.