अत्तरिया – अछाम वैजनाथ सेवा समाज कैलालीको अध्यक्षमा पुनः कर्ण सिह बोहरा चयन भएका छन । शनिबार अत्तरियामा सम्पन्न प्रथम साधारण सभाबाट बोहरा अध्यक्षमा निर्वाचित भएका हुन । उनी यसअघि तदर्थ समितिको अध्यक्ष रहेका थिए ।
यस्तै समितिको उपाध्यक्षमा फकिर सिंह बोहोरा, सचिवमा जीवन कुमार शाह, सह सचिवमा पदम बहादुर रावल, कोषाध्यक्षमा पवन देवी रावल चयन भएका छन ।
सदस्यहरुमा गम बहादुर मिजार, धन बहादुर खत्री, जंग बहादुर खत्री, जंग बहादुर सुनार, चत्र बहादुर बोगटी, चन्द्रा कुँवर, संतोषी कुँवर, मान बहादुर सेटी, बन्दना सुनार, धनकला केसी, हिउँकला देवी बोगटी, चन्द्र सिं थापा, भुवन रोकाया, झंकर सिं कोली, र शिव बहादुर विक रहेका छन ।
समाजमा हाल २ सय जनाको हाराहारीमा सदस्य आबद्ध रहेका छन् । समाज २०७२ सालमा स्थापना भएको भए पनि बिचमा केही वर्ष निष्क्रिय रहेको थियो ।
अत्तरियामा अछाम वैजनाथ सेवा समाजको साधारण सभा सम्पन्न