बालदिवसको अवसरमा सेभ हाउसलाई खाद्यान्न सहयोग

अत्तरिया – बालदिवसको अवसरमा अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग गरिएको छ । अत्तरियाका व्यवसायी तेडी चस्मा सेन्टरका सञ्चालक टंक बहादुर साउँदले सेभ हाउसका बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेका हुन ।

maya metro hospital

उनले सेभ हाउसलाई दाल, तरकारी, सोडा, साबुन, कोलगेट लगायतका करिब ५ हजार बराबरको सामग्री सहयोग गरेको बताए । उनले बालदिवसको अवसरमा सेभ हाउसमा रहेका बालबालिकाहरुका लागि आफुले उक्त सहयोग गरेको बताए ।

बालदिवस भनेर नारा लगाउदैमा बालबालिकाहरुले अधिकार नपाउने बताउदै उनले सम्बन्धीत ठाउँमा गएर बालबालिकाहरुको अवस्था बुझे र उनिहरुलाई माथि उकास्न मद्दत गरे मात्रै नाराको अस्तित्व रहने बताए ।

attariya hospital

उनले बालदिवसका अवसरमा मात्रै नभई समस्यामा परेका बालबालिकाहरुलाई सहयोग गर्न सबैले तदारुकता देखाउनुपर्ने बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.