बैतडीको निङ्गलाशैनीमा भदौ ३१ बाट अनन्त चतुर्दशी मेला

बैतडी- बैतडीको निङ्गलाशैनी मन्दिरमा भदौ ३१ गतेबाट अनन्त चतुर्दशी मेला लाग्ने भएको छ । दशरथचन्द नगरपालिका-२ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा मेला लाग्ने भएको हो ।

maya metro hospital

भाद्र शुक्ल त्रयोदशीबाट सुरु हुने मेलामा उक्त दिन भण्डार घरबाट माताको सवारी मन्दिरमा गराइन्छ । जसलाई स्थानीय भाषामा नानी जात भनिन्छ । भाद्र शुक्ल चतुर्दशी अर्थात् अनन्त चतुर्दशीका दिन लाग्ने मेलालाई ठुली जात भन्ने चलन छ ।

मेला भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुने गर्दछ । अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेला तीन दिनसम्म रहने मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । उनका अनुसार यो जात्रामा बली हुँदैन ।

attariya hospital

यसैबीच महेश भण्डारीको अध्यक्षतामा १३ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा गम्भीरसिंह बोहरा, सचिवमा भानबहादुर बोहरा, कोषाध्यक्षमा मनोज बोहरा लगायत अन्य सदस्यहरु रहेका छन् । यस्तै भानबहादुर बोहराको संयोजकत्वमा अर्जुनराम लावड र करनराम लावड सदस्य रही तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा एक वर्षमा चार पटक मेला लाग्ने गर्दछ । ती मेला व्यवस्थापन गर्ने, दर्शनार्थीहरुलाई सहज रुपमा दर्शनको व्यवस्थापन गर्ने एवं मेलालाई मार्यादित रुपमा सम्पन्न गर्न मेला व्यवस्थापन समितिले काम गर्ने कोषाध्यक्ष बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.