कञ्चनपुरमा लागुऔषधसहित ३ युवक पक्राउ

अत्तरिया- कञ्चनपुरमा लागुऔषधसहित ३ युवक पक्राउ परेका छन् । मंगलबार इलाका प्रहरी कार्यालय गड्डाचौकीको गस्ति टोलीले भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ सेन्टरबाट भीमदत्त-७ बस्ने २२ वर्षीय केशवराज भट्ट र २३ वर्षीय भरत जाग्रीलाई ५.०५ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।

maya metro hospital

हिजो नै लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका-१ पक्की पुल नजिकबाट भीमदत्त-१२ बस्ने २२ वर्षीय आशिष जोशीलाई ०.२६ ग्राम लागुऔषध खैरो हिरोन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।

तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.