धनगढी- धनगढी उपमहानगरपालिकाले ‘रोड वासर’ उद्घाटन गरेको छ । उपमहानगर परिसरमा एक कार्यक्रमको आयोजना गर्दै उपमेयर कन्दकला रानाले सिटि बजाउँदै हरियो झण्डा देखाएर ‘रोड वासर’को उद्घाटन गरिन् ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
६९ लाख लागतमा ‘रोड वासर’ खरिद गरिएको बताइएको छ । ‘रोड वासर’ले फोहर र धुलाम्य भएको कालोपत्रे सडक सफा गर्नेछ भने बोटविरुवामा पानी हाल्ने काम पनि गर्नेछ । ‘रोड वासर’ले महामारीका बेला औषधी छर्किन पनि काम गर्ने बताइएको छ ।
पानीको ट्यांकीमा धेरै प्रकारका प्रविधि जडान गरेर ‘रोड वासर’लाई प्रयोगमा ल्याउने उपमहानगरले जनाएको छ । मेयर गोपाल हमालले ‘हाम्रो धनगढी सफा धनगढी’ अभियान सफल पार्न ‘रोड वासर’ खरिद गरिएको बताए ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)