काठमाडौँ- एन्फा महिला लिग फुटबलमा तेस्रो चरणको अन्तिम खेल आज हुँदैछ । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।
यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।