अत्तरियामा पुरानै शैलीमा नयाँ चोरी

अत्तरिया – कैलालीको अत्तरियामा रहेका २ वटा सहकारीमा चोरी भएको छ । डेढ वर्ष अघि चोरी भएको साना किसान कृषि सहकारी मालाखेती र मानाङ्क बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो । दुवै सहकारीमा चोरले तोडफोड गरेर क्यामेराको डिभाइस लगायतका सामान चोरी गरेको छ ।

Karma Consultancy

साना किसान कृषि सहकारी मालाखेतीका मुख्य प्रबन्धक गोरख खत्रीले चोर झ्यालको ढोका फुटाएर सहकारी भित्र पसेको बताए । उनका अनुसार सहकारीको हलको झ्यालको ढोका फुटाएर सहकारी भित्र पसेको चोरले ऋण शाखाको कोठाको ढोका फुटाएर लकरबाट चोरी गर्ने प्रयास गरेको थियो । आधुनिक लकरमा चोरले तीन वटा ताला टुटाएको भए पनि पैसा नभेटेपछि छोडेको उनले बताए ।

citizen security services

‘चोरले लकरको चौथो ताला टुटाउन नसक्दा सहकारीको रकम चोरी हुन पाएन’ उनले भने ‘चोरले पुरानै शैलीमा चोरी गर्ने प्रयास गरेको छ । यस पटक रकम लग्न नपाए पनि तोडफोड गरेको छ । मुख्य प्रबन्धकको कोठामा भएको सिसिटिभीको डिभाइस लगेको छ ।’ उनले यसअघि २०७९ पुस ७ गते चोरी हुँदाकै शैलीमा नयाँ चोरी भएको बताए ।

attariya hospital
belauri nagarpalika

‘उतीबेला चोर प्रबन्धकको झ्यालको कोठाबाट छिरेर ऋण शाखाको कोठामा पुगेर पैसा चोरको थियो । यस पटक फरक झ्यालबाट भित्र प्रवेश गरेपछि पुरानै तरिकाले पैसा चोर्ने प्रयास गरेको छ ।’ उति बेला सहकारीबाट ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरी भएको थियो । उक्त चोरीमा सलग्न अहिले सम्म पक्राउ परेका छैनन् ।

मुख्य प्रबन्धक खत्रीले आफूले सिसिटिभी क्यामेराको एक्ट्रा डिभाइस पनि राखेकाले त्यसलाई परीक्षण गर्न प्रहरीलाई बुझाएको बताए । उनले नगद चोरी हुनबाट जोगिए पनि करिब १ लाख ४० हजारको भौतिक क्षति भएको बताए । उनले सोमबार बिहान कार्यालय खोल्ने समयमा चोरी भएको थाहा पाएको बताए ।

मानाङ्क बचत तथा ऋण सहकारीमा पनि चोरले मुख्य ढोकाको च्यानल गेट फुटाएर चोरी गरेको छ । उक्त सहकारीका अध्यक्ष वेद प्रकाश पाण्डेले च्यानल गेटबाट भित्र पसेर हलमा ल्यापटप चोरी गरेर तोडफोड गरेको बताए । उनले चोरीले सिसिटिभी डिभाइस पनि लगेको बताए ।

‘चोरले मुख्य च्यानल गेटको ताला टुटाएर भित्र ३ कोठाका ढोका फुटाएर ल्यापटप लगेको छ’ उनले भने ‘सहकारीमा क्यास नराख्ने भएकाले अन्य चोरी हुन पाएन ।’ उनले चारैतिर सिसिटिभी क्यामेरा भए पनि कबरेज डिभाइस नै चोरी भएकाले समस्या भएको बताए । उनले पनि चोरी भएको बारेमा सोमबार बिहान कार्यालय खोल्न खोज्दा मात्रै थाहा पाएको बताए ।

इलाका प्रहरी कार्यालय मालाखेतीले दुवै सहकारीका चोर पत्ता लगाउनको लागि अनुसन्धान जारी रहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले दुवै सहकारीमा सोमबार बिहान चोरी भएको थाहा भए पनि कुन समयमा चोरी भएको यकिन हुन नसकेको बताए । उनले शनिवार देखि बिदा भएका कारण बन्द रहेका सहकारीमा कुन दिन चोरी भएको भन्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.