कहाँ गइन् गोदावरीकी लक्ष्मी ?

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-९ राजीफाँटाकी लक्ष्मी दमाई बेपत्ता भएकी छन् । उनी भदौ १५ गतेबाट घरबाटै बेपत्ता भएकी उनका श्रीमान भीम दमाईले बताए ।

maya metro hospital

४३ वर्षीया लक्ष्मी आफ्नो दाइको छोराका लागि औषधी किन्ने भन्दै उक्त दिन घरबाट हिँडेकीमा त्यसपछि घर नफर्किएकी भीमले बताए । आफू काममा गएका बेला घरमा छोरालाई औषधी किन्ने बताउँदै निस्किएकी उनी बताउँछन् । भीमले १८ गते प्रहरीमा निवेदन पनि दिएको बताए ।

आफूले लक्ष्मी नआएपछि सुरुमा फोन गर्दा लागेको तर नउठेको र पछि मोबाइल अफ आएको उनी बताउँछन् । लक्ष्मीलाई कसैले देखे नजिकको प्रहरी वा ९७०७२७३८५२ नम्बरमा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिरएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.