कैलाली- कैलालीमा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका-१ चौमालाका २० वर्षीय आदित्य चौधरी करेन्ट लागेर घाइते भएका हुन् ।
चौधरीलाई नुहाएर आउने क्रममा सोही ठाउँको मौवारी सामुदायिक वनमा छोडेको विद्युतीय तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।