कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ

अत्तरिया- कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् ।आइतबार इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका-७ उच्च गोलौरीबाट सोही ठाउँ बस्ने १९ वर्षका रविन चौधरी र १९ वर्षकै राजेन्द्र महतोलाई पक्राउ गरेको हो ।

maya metro hospital

उनीहरुलाई पैदल हिँडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ९२४ मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.