कैलाली कञ्चनपुरबाट ९ लाख बढीको अवैध सामान बरामद
अत्तरिया – कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट भन्सार छलिका सामान बरामद गरिएको छ । आइतबार कैलालीबाट ५२ हजार ४० र कञ्चनपुरबाट ८ लाख २७ हजार ९ सय बराबरको भन्सार छलिको अवैध सामान बरामद गरिएको हो ।
कैलालीको भजनी भजनी नगरपालिका – ३ कनैयापुर, भजनी नगरपालिका – ५ लालबोजी र जोशीपुर गाउँपालिका – ३ मनिकापुरबाट प्याज, चिनी, आलु, भाँडावर्तन लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका – १५ गोबरिया, दोधारा चाँदनी – ७ कञ्जभोज र बेलौरी नगरपालिका – ६ ढक्काबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका चिनी, बिभिन्न प्रकारका औषधि, पेय पदार्थ, बिडी, सुर्ती, प्लाष्टिक कुर्ची, प्लाष्टिक बाटा, सुटपिस, स्कुटर लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।