धनगढीमा खुँडा प्रहारबाट २ जना घाइते, ३ पक्राउ

धनगढी – कैलालीको धनगढीमा खुँडा प्रहारबाट २ जना घाइते भएका छन् । खुँडा प्रहारबाट इन्धन बोक्ने ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुराका हरेन्द्र देउवा र कैलालीको गोदावरी नगरपालिका – ४ का सह–चालक अनिल देउवा घाइते भएका छन् । घाइते दुवै जनाको धनगढीमै रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका ट्याङ्कर पार्किङको विषयमा दुई पक्षबिच विवाद हुँदा आक्रमण भएको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका – १ का १८ वर्षीय विक्रम मल्ल, दिपायल सिलगढी नगरपालिका – ३ का १९ वर्षीय अरुण बोगटी र धनगढी उपमहानगरपालिका – २ का १६ वर्षीय डोरेमन भन्ने पुष्कर धामी रहेका छन् । घटनामा संलग्न धनगढी उपमहानगरपालिका – २ सन्तोषी टोलका २३ वर्षीय मुस्कान सिंह फरार रहेका छन् ।

attariya hospital

शनिवार राती साढे ११ बजे मोटरसाइकलमा आएका उनीहरूले धनगढी उपमहानगरपालिका – २ रोड हाउस क्याफे नजिक पार्किङ गरी राखिएका ट्याङ्करमा तोडफोड गर्दै चालक सहचालक माथि कुटपिट गरेका थिए । तोडफोडबाट ५ वटा ट्याङ्करमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.