धनगढीबाट २ लाख बढीको अवैध सामान बरामद
अत्तरिया – कैलालीको धनगढीबाट २ लाख बढीको अवैध सामान बरामद गरिएको छ । शनिबार धनगढी उप–महानगरपालिका २ आदर्श टोल, चटकपुर र हसनपुरबाट भारतबाट भन्सार छली ल्याएको २ लाख २ हजार ६० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।
जसअन्तरगत लेदर बेल्ट, टोपी, चश्मा, बच्चाका खेलौनाहरु, काजु तथा विभिन्न मसलाहरु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त सामान बेबारिसे अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।