बैतडीमा करेन्ट लागेर मृत्यु भएका बालकका परिवारलाई क्षतिपुर्ति दिईने

बैतडी– बैतडीमा करेन्ट लागेर मृत्यु भएका १२ वर्षीय बालक बसन्त बोहराको परिवारलाई क्षतिपुर्ति दिईने भएको छ । मृतक बालकको परिवारलाई क्षतिपुर्तिवाफत पाउने ५ लाख र विद्युत कार्यालयले थप डेढ लाख सहित साढे ६ लाख क्षतिपुर्ति दिईने भएको हो ।

maya metro hospital

शुक्रबार जिल्लाको सुर्नया गाउँपालिका–८ बाच्पानीका १२ वर्षीय बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको थियो । स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बालक बोहराले समातेको लट्ठी जमिन नजिकै भएर तानिएको विद्युतको तारमा छोइएर करेन्ट लाग्दा मृत्यु भएको बताईएको थियो ।

सो घटनाको पूर्ण जिम्मेवारी विद्युत वितरण केन्द्रले नै लिनुपर्ने माग सहित स्थानीयहरु आक्रोशित भएर खोडपे—बझाङ सडकखण्ड अवरुद्ध पारेका थिए । क्षतिपुर्ति दिईने सहमती पश्चात अवरुद्ध सडक खोलिएको बताईएको छ ।

attariya hospital

पीडित पक्षले विद्युत वितरण केन्द्रको लापरवाहीबाट बालकको मृत्यु भएको भने पनि विद्युत वितरण केन्द्रको लापरवाहीबाट उक्त घटना भए नभएको एकिन गर्न छानबिन समिति बन्ने र सोही छानबिन समिति को प्रतिबेदन बाट घटनाको एकिन हुने विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.