कैलालीको भासुमा जिप र हाइस ठोक्किए

अत्तरिया-कैलालीको भासुमा जिप र हाइस ठोक्किएका छन् । शुक्रबार चुरे गाउँपालिका-३ भासुमा जोरायलबाट धनगढीतर्फ जाँदै गरेको म१च ४०७ नम्बरको जिप र धनगढीबाट डडेल्धुरातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ ज ००३४ नम्बरको विद्युतीय हाइस एकआपसमा ठोकिएका हुन् ।

maya metro hospital

प्रहरीका अनुसार जिप कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ का ३२ वर्षीय सुप्रिम रानाले चलाएका थिए भने विद्युतीय हाइस डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ बस्ने २५ वर्षका दशरथ भट्टले चलाएका थिए ।

दुर्घटनामा हाइसमा सवार चुरे-१ बस्ने २१ वर्षका राकेश विक घाइते भएका र उपचारको लागि पद्मा अस्पताल अत्तरिया ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

attariya hospital

प्रहरीका अनुसार अन्य सवारीहरू सकुसल रहेका छन् भने दुबै सवारी साधनमा क्षति पुगेको छ । चालकहरु दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.