धनगढीमा एक महिला मृत फेला

अत्तरिया- धनगढीमा एक महिला मृत फेला परेकी छन् । शुक्रबार टीकापुर नगरपालिका-१ घर भई धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी कोठा गरी बस्ने २० वर्षकी सरिता चौधरी मृत फेला परेकी हुन् ।

maya metro hospital

उनी आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धानको लागि घटनास्थलमा प्रहरी खटिएको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.