धनगढीमा गृहमन्त्रीद्धारा पेट्रोल पम्प र प्रहरी गण भवनको उद्घाटन

धनगढी – कैलालीको धनगढीमा प्रदेश प्रहरी कार्यालयमा निर्मित पेट्रोल पम्प र सुदूरपश्च्मि प्रदेश प्रहरी गणको भवन उद्घाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले बिहिबार एक कार्यक्रमका बिच पेट्रोल पम्प र प्रहरी गण भवनको उद्घाटन गरेका हुन ।

maya metro hospital

उनले प्रहरी कल्याण कोषद्धारा निर्माण गरिएको पेट्रोल पम्प निर्माण कार्यले आम उपभोक्तहरुलाई सहज रुपमा गुणस्तरिय सेवा प्रदान गर्न सकिने बताए । उनले प्रहरीले निर्माण गरेको पेट्रोल पम्प आधुनिक तथा सवै किसिमका सेवा सुविधा सहित निर्माण गरिएकाले निजी क्षेत्रले पनि यसको सिको गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा सहभागी प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सुदूरपश्चिम प्रहरी गण कार्यालयको नवनिर्मित भवन उद्घाटन संगै सेवा प्रवाहले नेपाल प्रहरीको मनोबलमा सकारात्मक प्रभाव पर्ने बताए । कुँवरले गुणस्तरीय सेवा प्रदानका लागि सबै दर्जाका प्रहरीलाई निर्देशन समेत दिए ।

attariya hospital

धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा निर्मित पेट्रोल पम्प निर्माणमा ५ करोड ८७ लाख ७८ हजार ४ सय ४५ र सुदूरपश्चिम प्रहरी गण कार्यालयको नवनिर्मित भवन का लागी १३ करोड ४० लाख ८९ हजार ३ सय ३ रुपैया खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.