गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

हेटौंडा- मकवानपुरको थाहा नगरपालिका-४ कुर्सी मोडमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।

maya metro hospital

७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

ट्रकको सापट भाच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको घटनास्थलमा रहेका सेनाले बताएका छन् । ट्रकमा १८ जना सवार थिए । नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.