अत्तरिया- कैलालीको धनगढीका एक फरार प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ बस्ने २४ वर्षका सुनिल राना पक्राउ परेका हुन् ।
कैलाली जिल्ला अदालतको फैसलाले लागुऔषध मुद्दामा २१ दिन कैद सजाय र २ हजार रुपैयाँ जरिवाना तोकिएका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार सोही ठाउँस्थित रिङरोडबाट पक्राउ गरेको जनाएको छ ।