अत्तरिया उद्योग वाणिज्यको गृहमन्त्रीलाई ज्ञापनपत्र, जग्गा विवाद सल्टाइदिन आग्रह

अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार उद्योग वाणिज्य संघले सशस्त्र र संघबीच रहेको जग्गा स्वामित्वको विवादलाई हल गरिदिन आग्रह गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।

Karma Consultancy

‘लामो समयदेखि भोगचलनमा रहँदा कहीँ कतैबाट केही जानकारी तथा रोकावट नभएको र हाल आएर सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम प्रदेश वैद्यनाथ बाहिनीको नाममा रहेको भनी बाहिनीले संघको भोगचलनमा रहेको १५ कट्ठा जमिनभित्र भवन निर्माण गरिसकेको र सोही स्थानमा वर्षौँ पहिले अत्तरिया उद्योग वाणिज्य संघको भवन निर्माण गरी कार्यालय सञ्चालनमा रहेकोले विवाद साम्य हुने गरी बाँकी जमिन व्यवस्थापन गरी सधैँका लागि वादविवाद साम्य गराई संघको नाममा भोगाधिकार कार्यान्वयन हुने गरी सहयोग गरिदिन आह्वान गर्दछौँ’, ज्ञापनपत्रमा उल्लेख छ ।

citizen security services
belauri nagarpalika

गृहमन्त्री लेखकले कुरा बुझेर प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

attariya hospital

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.