कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा निर्माण गरिएको नेपाल प्रहरी प्रदेश कार्यालय भवनको उद्घाटन गरिएको छ । बुधबार गृहमन्त्री रमेश लेखकले नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
भवन उद्घाटन गर्दै उनले समारोहमा उनले नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राख्न जोड दिए । उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउने पर्ने बताए । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनले बताए ।
समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागकिरले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताए । उनले नवनिर्मित भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुजे विश्वास व्यक्त गरे । विसं २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग उक्त भवन निर्माण गर्न १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)