कैलारीमा अट्वारीको दुई दिन बिदा हुने

धनगढी – कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा बिदा दिने निर्णय गरेको छ । पालिकाले भदौ २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

maya metro hospital

अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले २३ गते सार्वजनिक बिदा दिएको छ । यहाँका थारु समुदायले दुई दिन अट्वारी पर्व मनाउने गरेका छन् ।

कैलारीका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले एक दिन प्रदेश सरकारले विदा दिएका कारण २४ गते थप एक दिन बिदा दिने निर्णय गरेको बताए ।

attariya hospital

विदाका दिन सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैङ्क तथा वित्तीय संस्थामा बिदा दिइएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.